अर्थ

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली महासंघको सदस्यमा निर्वाचित

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित भएकी छिन्।उनी ७२ मत प्राप्त गरी विजयी भएकी हुन्। ज्ञवाली वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठको प्यानलबाट वस्तुगततर्फ सदस्य पदमा निर्वाचित भएकी हुन।

ज्ञवालीले उद्यमशीलता विकास गर्न पहलकदमी लिने प्रतिबद्धतासहित महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन्।डेढ दशकदेखि महिला उद्यमी महासंघमा आबद्ध ज्ञवालीले आफू महासंघको नेतृत्वमा आउने अवसर पाए साना तथा मझौला व्यवसायी, युवालाई लक्षित उद्यमशीलता विकासमा काम गर्ने बताएकी थिइन्।

ज्ञवाली नेपाल फिलिपिन्स चेम्बर अफ कमर्शकी अध्यक्ष पनि हुन्। महिला उद्यमी महासंघको कार्यकारी सदस्य, महासचिव, उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्षको भूमिकामा छिन्। शोभा ज्ञवाली दक्षिण एसियाली महिला विकास मञ्चको  सदस्य पनि रहेकी छिन्। 

प्रकाशित: ३० चैत्र २०७९ ०२:४५ बिहीबार

महिला उद्यमी महासंघ दक्षिण एसियाली महिला विकास मञ्च उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल फिलिपिन्स चेम्बर अफ कमर्श