अर्थ

फोनपेको नयाँ वर्ष

फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो! क्युआरमा उपहार जित्ने हो !’ योजना ल्याएको छ।

योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले लक्की ड्रमार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले १ तोला सुन जित्न सक्नेछन्। फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाले नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र प्रयोगकर्तालाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप ‘फोनपे गर्ने हो !’ अभियान ल्याएको बताएका छन्।

उनले यस योजनाको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गर्ने भएको बताए। योजना यही चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागु गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २९ चैत्र २०७९ ०४:३२ बुधबार

मोबाइल बैंकिङ एप वा वालेट फोनपेको नयाँ वर्ष