अर्थ

अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिन्छौंः अर्थमन्त्री डा.महत

फाइल तस्बिर

अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताएका छन्।

आइतबार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघ सँगको भेटमा अर्थमन्त्री डा. महतले मुलुकको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थामा रहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताएका हुन्।

उनले अर्थतन्त्रमा देखिका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागि रहेको बताए। अर्थमन्त्री डा. महतले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले आफ्नो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित रहेको बताए। उनले अर्थतन्त्रमा लगानी,बैंकको ब्याजदर,पुँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गरे।

मन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्युन भएको स्वीकार गरे। उनले विगतमा आर्थिक वृद्धिदर भन्दा बढी राजश्व संकलनको लक्ष्य राख्ने गरेपनि उत्साहजनक रुपमा संकलन हुने गरेको भन्दै चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने अवस्था नभएको बताए। मुलुकको राजश्व संकलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिवन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ।  

उनले सरकारलाई साधरण खर्च ध्यान्न आन्तरिक ऋण र बाह्य सहयोग र ऋणमा निर्भर भएको उल्लेख गरे। उनले सरकारलाई साधरण खर्च ध्यान्न आन्तरिक ऋण र वाह्य सहयोग र ऋणमा निर्भर हुनु उपयुक्त नभएको बताए। उनले साधरण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिको लगायत अन्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले निराशा भइहाल्ने अवस्था नरहेको बताए। उनले बैंकको ब्याजदर, मौद्रिक नीतिमा कडाईले सिर्जना गरेका परिस्थितिका कारणले अर्थतन्त्रमा कही अफ्ठ्याराहरु आएको बताए।

उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने बताए। उनले निराशाको परिस्थितिलाई आशामा रुपान्तरिणत गर्ने लक्ष्यकासाथ काम गरिरहेको बताए। उनले सरकारको साधरण खर्चलाई अत्यन्त कम गर्नेगरी काम गर्ने बताए। उनले सरकारको दायित्व भित्र रहेका तलव, भत्ता,शिक्षा,स्वास्थ्यलाई चाहेर पनि कम गर्न नसक्ने बताए।

उनले भने,‘मुलुकको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थामा छ। सरकारले तत्काल सुधार गर्नुपर्ने महशुस गरेको छ। विश्वको आर्थिक वृद्धिदरको अवस्थालाई ध्यानमा राख्दा धेरै निराशा जनक नभए पनि हाम्रो अपेक्षा भन्दा तल हो। जुन एग्रिगेट मागमा समस्या देखिएको छ। लगानीकर्ताहरुले असहजता महशुस गरिरहेका छन्। बैंकको ब्याजदर ,पुँजीबजारका समस्याहरु छन्। कर्जा लिनहरुले पनि असहता महशुस गरेको अवस्था छ। मुलुकको अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्युन भएको अवस्था छ। विगतमा आर्थिक वृद्धिदर भन्दा बढी राजश्व संकलनको लक्ष्य राख्ने गरेका थियौं। संधै राजश्व उत्साहजनक रुपमा संकलन गरिरहेको अवस्थामा चालु आर्थिक वर्षमा त्यस्तो अवस्था रहेन । मुलुकको राजश्व संकलन भन्सारमा निर्भर छ तर आयात प्रतिवन्ध लगायतको कारण लक्ष्य अनुसार हुन सकेन। त्यसैले सरकारलाई साधरण खर्च र राजश्व अवस्था छ। त्यो साधरण खर्चलाई पनि ध्यान्न नसक्ने अवस्था छ। पुँजीगत खर्चमा हामीले आन्तरिक ऋण र वाह्य सहयोग र ऋणमा निर्भर भएको छ। त्यस्तो हुनु उपयुक्त होइन। सरकारले साधरण खर्चको लागि पनि आन्तरिक अवस्था आएको छ। तर यो भनेर सम्पूर्ण परिस्थिति खराब छ भन्ने होइन। विदेशी मुद्रा सञ्चितिको अवस्था सकारात्मक छ। बैंकको ब्याजदर, मौद्रिक नीतिमा कडाईले सिर्जना गरेका परिस्थितिका कारणले कही अफ्ठ्याराहरु पनि आएका छन्। अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यकासाथ सकारात्मक दिशामा उन्मुख गराउने र निराशाको परिस्थितिलाई आशामा रुपान्तरित गर्ने लक्ष्यकासाथ काम गछौं।’

प्रकाशित: २६ चैत्र २०७९ १२:४९ आइतबार

डा.प्रकाशशरण महत