अर्थ

सन्धि विपरित भारतले नेपाली वस्तुमा कर थप्यो

विराटनगर- भारतले नेपाल हुने जुटको तयारी वस्तु आयातमाभारी कर लगाएपछि नेपालका ६ वटा जुट उद्योग समस्यामा परेका छन्। भारत नेपाली जुटका उत्पादनको प्रमुखबजार हो। नेपाल–भारत व्यापार सन्धि विपरीत भारत सरकारले जुटका तयारी वस्तु निर्यातमा काउन्टर भेलिङ ड्युटी (सिभिडी) लगाएको जुट व्यवसायीको आरोप छ।

भारत सरकारले डिम्सेबर १५ देखि श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपालबाट आयात हुने जुटका तयारी वस्तुमा साढे १२ प्रतिशत सिभिडी लगाइदिएको छ। नेपाल–भारत व्यापार सन्धिअनुसार दुवै देशको जुट उद्योगलाई समानव्यवहार गर्नुपर्नेउल्लेख छ। तर, भारत सरकारले सन्धिकाप्रावधानलत्याउँदै नेपालबाट आयातगर्ने जुटको तयारी वस्तुमा समेत कर थोपरेकोहो। यसअघि, नेपाली जुटको तयारी वस्तुमा १ प्रतिशतमात्रै यस्तो महसुललाग्ने गरेको थियो।

‘भारत सरकारले अचानक महसुल लगाइदिँदा हामीलाई ठूलो मार परेको छ,’ जुट व्यवसायी संघका उपाध्यक्ष रमेश राठीले नागरिकसँगभने, ‘ड्युटी लगाएकै दिनदेखि जुटका तयारी वस्तुको भारत निर्यात ठप्प छ।’ राठीका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरका ६ वटाउद्योगले उत्पादन गर्ने जुटको तयारी वस्तु भारत निर्यात हुन्छ। ‘भारत हाम्रो ठूलो बजार हो,’ राठीले भने, ‘यति धेरै ड्युटी तिरेर उद्योगबचाउन सकिन्न।’

भारत सरकारले जुटको तयारी वस्तु एसियन कपडा र जुट बोरामा साढे १२ प्रतिशत सिभिडी लगाएपनि जुटबाटै उत्पादन हुने सुतलीमा भने पुरानै प्रावधान राखेको छ। ‘जुटबाटै उत्पादनहुने सुतलीमा कर नलाग्ने, तर उहीकच्चापदार्थबाट बनेको कपडा र बोरामा कसरी कर लाग्यो?’ राठीले भने, ‘नेपालको जुट उद्योगलाई धराशयीबनाउनभारतले करको दर बढाएको हो, यो तुरुन्तखारेज हुनुपर्छ।’

नेपालमाउत्पादनहुने जुटको कच्चापदार्थ भारत निर्यात हुने जोगवनीभन्सार नाका नै प्रमुखमार्ग हो। जुटका तयारी वस्तु दैनिक १२ देखि १५ ट्रक भारत निर्यात हुने गरेको राठीले जानकारी दिए। ‘भारतले सिभिडी लगाएपछि भारत निर्यात पुरै रोकिएको छ,’ उनले भने, ‘उद्योगले वस्तु उत्पादन गरेपनिनिर्यात हुन सकेको छैन।’ नेपालका जुट व्यवसायीहरु यही साताभारतको राजधानीनयाँदिल्लीपुगेर जुटको तयारी वस्तुमा अचानकलगाएको भारी सिभिडीबारेत्यहाँस्थितवित्तमन्त्रालयमागुनासो गरेकाथिए।

‘वित्तमन्त्रालयले के भएको हो बु‰छौं भनेको छ,’ राठीले भने, ‘हामीले सबैतिर गुहारिसके, तर जुटको तयारी वस्तुमा लगाइएको सिभिडी हटाउने आश्वासनपाएको छैन।’जोगवनीस्थितभारतीयभन्सारकासिनियर सुपरिडेन्टेड एसबीसिन्हाले नेपालबाट निर्यात हुने जुटको तयारी वस्तुमा लगाइएको सिभिडी हटाउने प्रक्रिया सुरु भइसकेको बताए। ‘खासमात्यो कर बंगलादेश, श्रीलंका र माल्दिभ्सलाई लगाइएको हो,’ सिन्हाले भने, ‘नेपालबारेअर्को निर्णय हुने प्रक्रियामा छ।’

जोगवनीस्थित भारतीय भन्सार कार्यालयका एक अधिकृतका अनुसार जुटको तयारी वस्तु आयातमाभारत सरकारले सबैतिर एकै खाले परिपत्र गरेकाले त्यसको असर नेपालमापनि  परेको हो। ‘निर्यात रोकेकै होइन,’ तीअधिकारीलेभने, ‘भारत सरकारको परिपत्रलेकानुनी समस्या देखिएको मात्रहो, त्यो हटाउने प्रक्रियामा छ।’ क्रिसमसपछि नयाँ वर्षसम्म भारतका सरकारी अधिकारीहरु बिदामा बस्ने भएकाले नेपालको हकमागर्ने निर्णयमा ढिलाइभएको भारतीयभन्सारको भनाइछ।

नेपालमा जुट खेती कम हुन थालेपछि भारत र तेस्रो मुलुकबाट कच्चापदार्थ आयात गरेर जेनतेन चलिरहेका उद्योगलाई भारतले अचानक गरेको भारी कर वृद्धिले थप समस्यामापारेको छ।

प्रकाशित: १४ पुस २०७३ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App