अर्थ

आइएमई इन्स्योरेन्सको साधारणसभा सम्पन्न

आइएमई जनरल इन्स्योरेन्सको विषेश साधारणसभा सम्पन्न भएको छ।

सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बिमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराएका छन्। अध्यक्ष ढकालले हालको बिमा बजार तथा त्यसमा नियमन निकायबाट चुक्ता पुँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्यनजर गरी आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी गाभ्ने/गाभिने सम्बन्धी अन्तिम सम्झौता भएको जनाएको छ।

अध्यक्ष ढकालले दुवै कम्पनीको गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्र तथा डिडिए रिपोर्ट समेतको आधारमा शेयर अनुपात क्रमश १ः१ कायम गरी दुवै कम्पनी गाभिएपश्चात् बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्तापुँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने बताएका छन्।

प्रकाशित: २३ चैत्र २०७९ ०३:०४ बिहीबार

आइएमई जनरल इन्स्योरेन्स