अर्थ

ग्लोबल बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा टिभी जित्ने मौका

ग्लोबल आइएमई बैंकले ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ।

यस योजनामा सहभागी हुन बैंकका ग्राहकले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ। बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना यही चैत २१ देखि बैशाख ९ गतेसम्म लागु हुने जनाएको छ।

बैंकका अनुसार योजनाको अन्त्यमा कुल सहभागीहरूमध्ये १ जना विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउनेछन्। यस योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ ।

प्रकाशित: २३ चैत्र २०७९ ०२:५६ बिहीबार

ग्लोबल आइएमई बैँक