अर्थ

झिलीमिली विराटनगर विमानस्थल

विराटनगर- रात्रिकालीनसमेत उडान हुने विराटनगर विमानस्थल रातको समयमा झिलीमिली पारिएको छ। बिमानस्थलको परिसरमा रहेको रूख, कार्यालय भवन र सडकभरि विद्युतीय लाइटिङ गरिएको छ।

त्यो हेर्दा लाग्छ, विराटनगर विमानस्थल सिंगापुर र मलेसियाजस्तै। साँझ सवा ६ बजेको यति एयरलायन्सबाट विराटनगर बिमानस्थल ओर्लिएका भानु मेमोरियल स्कूलका प्रिन्सीपल महेन्द्र सिटौला केहीबेर छक्क परे। ‘मलाई त बिदेशमा पुगेजस्तो लाग्यो,’ उनले भने, ‘गर्न खोजियो भने सानो–सानो कुराले पनि आकर्षक बनाउन सकिन्छ।’

विराटनगर विमानस्थल परिसरलाई आधुनिक लाइटिङ उपकरण लगाएर अहिले झकिझकाउ बनाइएको छ। नागरिक उडड्यन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले सानो खर्चमै एयरपोर्ट क्षेत्रलाई आकर्षक बनाइएको बताए। ‘धेरैले तारिफ गरिरहेका छन्,’ उनले भने, ‘अझै लाइटिङ थप्ने काम भइरहेको छ।’

विराटनगर विमानस्थलको प्रवेशद्वारदेखि नै लाइटिङको व्यवस्था गरिएको छ। विमानस्थलभित्रको सडकको दुबै छेउमा बत्ति बालिएको छ।

प्रकाशित: १२ पुस २०७३ ०५:३४ मंगलबार

झिलीमिली विराटनगर विमानस्थल