अर्थ

माउन्टेन डिउद्वारा फिल्म सार्वजनिक

 माउन्टेन डिउले ब्रान्ड सद्भावना दूत अनुप विक्रम शाही अभिनीत आफ्नो नयाँ फिल्म सार्वजनिक गरेको छ। कम्पनीले ब्रान्डको विद्यमान ‘डरको अगाडि जित छ’ भन्ने मूल मन्त्रलाई उपभोक्तामाझ अझ व्यापक बनाउने विश्वासका साथ नयाँ फिल्म सार्वजनिक गरेको हो।

नेपाली युवालाई पकड राख्ने र चिन्तनशील विचारको सिनेम्याटिक टिभिसीमार्फत उनीहरू भित्रको डरभन्दा बाहिर निस्कन अभिप्रेरित गर्दै कम्पनीले फिल्ममा माउन्टेन डिउको विश्वासलाई दर्साएको जनाएको छ।

कम्पनीका वरिष्ठ मार्केटिङ डाइरेक्टर अनुज गोयलले ‘डरको अगाडि जित छ’ भन्ने आदर्श वाक्यका साथ माउन्टेन डिउले सधैं जोखिम मोल्नेहरूलाई सलाम गर्दै आएको छ र ग्राहकहरूलाई उनीहरूको डरसँग जुधेर, कठिनाइहरूको सामना गर्दै सफलता चुम्न हौस्याउँदै आएको बताएका छन्।  

प्रकाशित: २१ चैत्र २०७९ ०८:१४ मंगलबार