अर्थ

शाओमी नेपालद्वारा ‘मि-सियोन शिक्षा’

शाओमीले गाेदावरीमा अवस्थित मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रमलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। कम्पनीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई २ सयभन्दा बढी स्कुल ब्याग, स्टेसनरीका सामान, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजर प्रदान गरेको हो।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पाण्डेले उक्त सहयोग हस्तान्तरण गरेको कम्पनीले बताएको छ।

कम्पनीले अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा संलग्न हुने उद्देश्यले सहयोग सामग्री उपलब्ध गराएको जनाएको छ। कम्पनीका म्यानेजर पाण्डेले यो अभियानको निरन्तर प्रयास र अन्तिम लक्ष्य ‘सबैका लागि शिक्षा’ हुने बताएका छन्।  

प्रकाशित: २० चैत्र २०७९ ०२:१९ सोमबार

मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रम शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध