अर्थ

भारतीय एयरलाइन्स गो एयरले ल्यायो ९९९ रुपैयाँको यात्रा अफर

नयाँ दिल्ली— भारतीय आन्तरिक वायुसेवा कम्पनी गो एयरले क्रिसमसको उपलक्ष्यमा आफ्ना सबै रुटमा भाडदार घटाएको छ।

डिसेम्बर २१ देखि ३१ सम्म बुकिङ गर्नुपर्ने यो अफरमा सहभागी यात्रुले जनवरी ९ देखि अप्रिल १५ भित्र उडान गरिसक्नुपर्ने गो एयरको आधिकारिक वेबसाइटले जनाएको छ।

मुम्बई आधारित कम्पनीले चाडपर्व अफर अफर अन्तर्गत आफ्नो भाडादर ९९९ भारतीय रुपैयाँबाट सुरु हुने योजना ल्याएको हो।

डिसेम्बर २१ देखि ३१ सम्म बुकिङ गर्नुपर्ने यो अफरमा सहभागी यात्रुले जनवरी ९ देखि अप्रिल १५ भित्र उडान गरिसक्नुपर्ने गो एयरको आधिकारिक वेबसाइटले जनाएको छ।

यो अफर अन्तर्गत बेङ्गलुरुदेखि मुम्बईको भाडादर १९८० रुपैयाँ हुने सो एयरलाइन्सले जनाएको छ। यो नियमित भाडादरभन्दा चार गुणा सस्तो हो। पुने–अहमदावादको टिकट मूल्य १ हजार ४ सय ८९ रुपैयाँ पर्नेछ। नयाँ दिल्ली—मुम्बईको २२४९ मा टिकट पाइनेछ।

भारतको वाडिया समूहको लगानी रहेको गो एयरले एयरबस ३२० विमानबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

 

प्रकाशित: ७ पुस २०७३ ०९:३९ बिहीबार

भारतीय एयरलाइन्स गो एयरले ल्यायो ९९९ रुपैयाँको यात्रा अफर