अर्थ

हुन्डाईद्वारा ट्राफिक निगरानी उपकरण सहयोग

काठमाडौं- हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई २५ थान क्यामरा प्रदान गरेको छ।  
हुन्डार्ई मोटर्सले आफ्नो कर्पोरेट सामाजिक उतरदायित्व अभियान अन्र्तगत क्यामेरा हस्तान्तरण गरेको जनाएको छ।  
हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि का अध्यक्ष गणेश बहादुर श्रेष्ठ द्वारा २५ थान ड्यास क्याम कास्कीका जिल्ला प्रहरी प्रमुख  कमल सिंंंह बम लाई हस्तान्तरण गरे।

उक्त क्यामराले गाडीको वाइन्ड स्क्रिनबाट निरन्तर भिडियो रेकर्ड गर्न सक्नेछ। सो क्यामरा वाइन्ड स्क्रिनको भित्री भाग वा ड्यास वोर्डको माथिलो भागमा जडान गर्न सकिने छ । यसले दुर्घटनाको प्रमाण दिनुका साथै ट्राफिक नियम उल्लंघन र बीमा ठगीहरु पनि नियन्त्रण गर्न सहयोग पुराउने छ। यसले ट्राफिक व्यवस्थापनको पनि अध्ययन गर्न सघाउने छ।

प्रकाशित: ३ पुस २०७३ १०:५९ आइतबार

हुन्डाईद्वारा ट्राफिक निगरानी उपकरण