अर्थ

बन्दीपुर केवलकारको सेयर बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंक

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।

प्रति सेयर एक सय रूपैयाँ दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासन तथा बिक्री गरिने भएको छ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार, काठमाडौंमा बुधबार आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष रामचन्द्र शर्माले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

प्रकाशित: १६ चैत्र २०७९ ०३:१३ बिहीबार

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड