अर्थ

सानिमा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंकले मुलुकभरका शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

ग्लोबल मनी विक, २०२३ का अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। बैंक कर्मचारीहरूलाई तीन दिने भर्चुअल तालिम दिइएको छ।

त्यसैगरी स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। बैंकले विगतका वर्षहरूदेखि सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित: १६ चैत्र २०७९ ०३:०७ बिहीबार

सानिमा बैंक शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न