अर्थ

ग्लोबल बैंकको वित्तीय साक्षरता सम्पन्न

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्न आयोजना गरिएको ग्लोबल मनी विक सम्पन्न गरेको छ।

नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुरूप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको एघारौं संस्करण ग्लोबल आइएमई बैंकले चैत ६ देखि १२ गतेसम्म सप्ताहव्यापी प्लान योर मनि, प्लान्ट योर फ्युचरको नारासहित सम्पन्न गरेको हो।

बैंकले विभिन्न स्कूल तथा कलेजका हजारौं विद्यार्थीको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको हो। बैंकका विभिन्न शाखा कार्यालय मार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएका छन्।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो।

प्रकाशित: १६ चैत्र २०७९ ०२:३१ बिहीबार

ग्लोबल आइएमई बैंक नेपाल राष्ट्र बैंक