अर्थ

एभरेष्ट बैंकद्वारा क्यालेन्डर सार्वजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। नेपालको कला, संस्कृति, भाषा भेषभुषा तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले निरन्तर यस्ता विषयवस्तु समेटेर आफ्नो क्यालेन्डर प्रकाशन गर्दै आएको छ।

क्यालेन्डर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अनावरण गरेका हुन्। कार्यक्रममा सचिव अधिकारीले एभरेष्ट बैंकले समग्र जातजाति, भूगोल तथा पर्यटन प्रवर्द्धनमा विशेष भूमिका निर्वाह गर्न क्यालेन्डर प्रकाशन गरेकोमा धन्यवाद दिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले नेपाली कला, संस्कृति, पर्यटन र अन्य विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विभूतिहरूलाई सम्मान गर्न चित्रण गरेको बताए।

प्रकाशित: १५ चैत्र २०७९ ०३:२९ बुधबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एभरेष्ट बैंक लिमिटेड