अर्थ

‘हुन्डाईसँग नयाँ वर्ष २०८० योजना

लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवइल्सको आधिकारिक बिक्रेताले नेपाली नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ग्राहक माझ ल्याएको छ।

यो ग्राहकमुखी योजना सोमबारदेखि सुरु भएको छ। यस योजना अन्तर्गत ग्राहकले ५ लाखसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा दुई लाखसम्मको छुट पाउने कम्पनीले जनाएको छ।

कम्पनीले नयाँ वर्ष बोनस ८० हजारसम्म र एक्सचेन्ज बोनस ८० हजार रूपैयाँसम्म जस्ता आकर्षक खालका अफर ल्याएको छ। कम्पनीले यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने जनाएको छ। सबै हुन्डाई गाडीहरू ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन्।

प्रकाशित: १५ चैत्र २०७९ ०३:२४ बुधबार

लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोवइल्सको आधिकारिक बिक्रेता निःशुल्क बिमा तथा सवारी कर