अर्थ

सामसुङले नयाँ स्मार्टफोन ल्याउँदै

सामसुङले नेपालमा ग्यालेक्सी ए ३४ फाइव जी र ग्यालेक्सी ए ५४ फाइब जी ल्याउने तयारी गरेको छ। सामसुङ नेपालको आधिकारिक सामाजिक सञ्जालका प्लेटफर्महरूमा उक्त फोनहरू चाँडै उपलब्ध गराउने आशयका केही टिजर आएका छन्।

नयाँ ग्यालेक्सी ए ३४ फाइब जी र ग्यालेक्सी ए ५४ फाइब जी विश्वव्यापी रूपमा बिक्री सुरु भइसकेकोमा तिनमा भएका तीन लेन्स युक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषतामा पहुँच भएकाले यसप्रति ग्रहकको ध्यान आकर्षित हुने कम्पनीको दाबी छ।

दुवै स्मार्टफोन प्रारम्भिक लेन्सका साथ केही अपग्रेड गरेर ल्याइएको र ग्यालेक्सी ए ३४ फाइब जी ४८ एमपी प्राइमरी क्यामरा र २ एमपी म्याक्रो लेन्स रे ग्यालेक्सी ए ५४ फाइब जीमा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी रहेको कम्पनीले जनाएको छ। साथै दुवै फोनहरूमा ८ एमपीको अल्ट्रा वाइड एंगल लेन्स जडित यी लेन्सहरूले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो/भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी लगायतका विशेषता भएको कम्पनीले जनाएको छ।

प्रकाशित: १३ चैत्र २०७९ ०३:२६ सोमबार

नयाँ ग्यालेक्सी ए३४ फाइब जी सामसुङ नेपाल