अर्थ

पशुपति पेन्ट्समा आगलागी

उर्लाबारी- विराटनगर-९ स्थित पशुपति पेन्ट्स उद्योगमा आगलागी भएको छ। उद्योगको कार्यालयमा आज दिउँसो १२ बजे आगलागी भएको हो। प्रहरीका अनुसार कर्कटपाता लगाइएको कार्यालयको छानो चुहिन थालेपछि वेल्डिङ गरेर टाल्ने क्रममा आगलागी भएको थियोे।

आगलागीमा परेर एउटा कम्प्युटर, ल्यापटप, एसी मेसिन, सिसी क्यामेरा र कार्यालयमा भएका अन्य सामान जल्दा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । वारुणयन्त्र र प्रहरीको सहयोगमा एक घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो। रासस 

प्रकाशित: २७ मंसिर २०७३ १०:१९ सोमबार

पशुपति पेन्ट्समा आगलागी