अर्थ

जीवन विकास लघुवित्तको चौथो वार्षिक साधारणसभा हुँदै

जीवनविकास लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारणसभा सम्बन्धी सूचना निकालेको छ। वित्तीय संस्थाको सञ्चालक समितिको ७४ औं बैठकको निर्णय अनुसार सम्पूर्ण शेयरधनीहरूको जानकारीका लागि संस्थाले सूचना प्रकाशित गरेको जनाएको छ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालय कटहरीमा यही चैत ३० बिहीबार हुने बैठकमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने, बोनस सेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्नेे तथा संस्थाको नियमावलीको सम्बद्ध दफा संशोधन गर्ने लगायतका विषयमा छलफल हुने भएको छ।

यस्तै संस्थाले अन्य ईजाजत पत्र प्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ति गर्ने, समझदारी पत्र तयार गर्न मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने/गाभिने एवम् प्राप्तिसँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरू अनुरूप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरू गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विषयहरू उपर छलफल हुने संस्थाले जनाएको छ।

प्रकाशित: १२ चैत्र २०७९ ०२:१९ आइतबार

जीवनविकास लघुवित्त वित्तीय संस्था चौथो वार्षिक साधारणसभा