अर्थ

कृषि विकास बैंकको वित्तीय साक्षरता

कृषि विकास बैंक प्रदेश कार्यालय बागमतीले दोलखाको जिरीस्थितसरस्वती सामुदायिक विद्यालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकका उप–महाप्रबन्धक दीर्घबहादुर अर्याल, प्रदेश कार्यालय बागमतीका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्याय, शाखा प्रमुख सुदिपभक्त आचार्यसमेतको उपस्थितमा सञ्चालित कार्यक्रममा बैंकले सञ्चालन गरेकोे कार्यक्रमले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, अन्य सम्पूर्ण सहभागीहरूमा वित्तीय ज्ञान प्राप्त हुनुको साथै बैंकिङ कारोबारका सम्बन्धमा बैंकका उप–महाप्रबन्धक तथा बागमती प्रदेशका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्यायले प्रकाश पारेका छन्।

प्रकाशित: १२ चैत्र २०७९ ०२:०१ आइतबार

कृषि विकास बैंक वित्तीय साक्षरता कार्यक्रम