अर्थ

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरू र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समूहले एनएमबी बैंकको भ्रमण गरेका छन्।

बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्यपश्चात् भएको प्रगतिबारे अवलोकन गरी बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणमा सहभागी प्रतिनिधिहरूलाई बैंकले दिगो बैंकिङ अभ्यासको कार्यान्वयन पश्चात् गरेको प्रगति विवरणको समीक्षा गर्दै बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्‍याएको उल्लेखनीय योगदानको बारे प्रकाश पारेका थिए।

प्रतिनिधि मण्डलसगँ छलफलको क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकासबीच रहेको स्रोत साधनको अन्तरपूर्ति गर्न ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताको बारेमा जोड दिए। 

प्रकाशित: १० चैत्र २०७९ ०१:२७ शुक्रबार

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट