अर्थ

प्याडिलक्स गर्ल्स अनह्विल्स कार्यक्रम हुँदै

राउन्ड टेबल नेपालले यही मार्च २५ तारिखका दिन महिला लक्षित प्याडिलक्स गर्ल्स अनह्विल्स कार्यक्रमको आयोजना गर्ने भएको छ।

काठमाडौं एस राउण्ड टेवल नेपाल २१, काठमाडौं रोयल्स राउण्ड टेवल २३ र काठमाडौं रोयल्स लेडिज सर्कल ७ ले यस वर्षको अन्तरराष्ट्रिय नारी दिवसलाई केन्द्रित गरी उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा एक स्कुटरमा २ जनाका दरले १ सय २५ ओटा स्कुटर सहभागी गराइने र दर्ता शुल्कबापत २ हजार रूपैयाँ लाग्ने संस्थाले जनाएको छ। संस्थाका अनुसार प्रतियोगीहरूले काठमाडौंका विभिन्न १० ओटा स्थानमा पुगेर दिएको संकेतका आधारमा आवश्यक टास्क पूरा गर्नुपर्ने र हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरू राखिने छन्।

यसरी पूरा गरिएका टास्कका आधारमा सहभागी प्रतियोगिहरूले नम्बर प्राप्त गर्दछन् र सोही नम्बरकै आधारमा प्रतियोगीहरूबाट विजेता घोषणा गरिने संस्थाले बताएको छ।

विजयी पहिलो हुनेलाई सगुन ज्वेलर्सका तर्फबाट पचास हजार बराबरको ज्वेलरी, दोस्रो हुनेलाई रिभरसाइड स्प्रिङ रिसोर्टको तर्फबाट २ रातको स्टे प्याकेज र तेश्रो हुनेलाई जेम फ्लोरिङका तर्फबाट टर्किस रग पुरस्कार दिइने संस्थाले जनाएको छ। यसका साथै कार्यक्रममा विभिन्न अतिथिसहित अनेक मनोरन्जनका कार्यक्रम गरिने छन्। साथै फुड स्टल, फेस पेन्टिङ तथा गेम्स लगायतका स्टलहरू पनि राखिने जानकारी संस्थाले दिएको छ।

प्रकाशित: ९ चैत्र २०७९ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App