अर्थ

दराज सेलर समिट-२०२३ सम्पन्न

दराज नेपालले यस वर्षको दराज सेलर समिट-२०२३ सम्पन्न गरेको छ। कम्पनीले दराजको सबै बिक्रेताहरूलाई उनीहरूको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गरेको छ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर, शेखर गोल्छा लगायतका उपस्थिति रहेको थियो। कार्यक्रममा अवार्ड समारोह राखिएको थियो जहाँ गत वर्षका उत्कृष्ट बिक्रेताहरूलाई विशेष ट्रफी तथा १० हजार बराबरको दराज भौचर प्रदान गरिएको थियो। यसै क्रममा कम्पनीले आफ्ना बिक्रेता र ग्राहकलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको थियो।

प्रकाशित: ९ चैत्र २०७९ ०१:११ बिहीबार

दराज नेपाल दराज सेलर समिट-२०२३ सम्पन्न