अर्थ

रूकुममा उखु खेती

उखु अवलोकनका लागि आएका कृषि विकास वैंकका कर्मचारीहरु। तस्बिरः गणेश विक

गणेश बिक

रुकुम– जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा उखु खेती गरिएको छ। मुसीकोट नगरपालिका वडा नं. ५ ट्यावाखोलाका दलवहादुर बोहराले व्यवसायिक रुपमा उखु खेती गरेका हुन्।

थोरै मेहनतमा राम्रो आम्दानी हुने हुँदा उखु व्यवसाय गरेको वोहराले बताए। उनले धान, मकै, गँहु लगाउने १८ रोपनी जग्गामा ११ हजार उखुका वोट लगाएका छन्। जिल्ला कृषि विकास वैंकबाट १० लाख कर्जा निकालि उनले उखु खेती सञ्चालन गरेका छन्। यस वर्षदेखि उखु खेती सुरु गरेका बोहराले सल्यान तथा जिल्लाका विभिन्न गाउँहरुबाट उखु ल्याएर व्यवसाय गरेका हुन्।

उनको वारिमा चार जातको उखु छ। गुरे, गेवारा, रातो र नल्ठे जातको उखु लगाएका हुन् । ‘केही उब्जनी नहुने जग्गामा पनि उखु छ,’ उनले भने, ‘ कम हेनतमा उत्पादन हुने उखु खेती गर्न राम्रो लाग्यो।’ उनको घरपरिवार सबै यसै व्यवसायमा छ। यस व्यवसाय संगै अन्य काम गर्न सकिने उनको भनाई छ। दिनभरी काष्ठ उद्योगमा समय दिन्छु, वोहराले भने, ‘साँझ विहान मात्रै उखुवारीमा हुन्छु ।’ यसलाई श्रीमती र छोराछोरीले पनि हेरफेर गर्ने हुँदा यसलाई धेरै दुःख नपर्ने उनको भनाई छ ।

पहिलो वर्ष नाफा घाट जे होस् यो व्यवसायलाई निरन्तर दिन्छु वोहराले भने, ‘उखु खेतीलाई व्यवसायी बनाउँदै लान्छु ।’ अन्य पेशा भएपनि पछि उखु खेतीलाई नै निरन्तरता दिने उनले बताए । जिल्लामा उखुको ठूलो माग छ । सरकारले केहि अनुदान दिएमा माग बमोजिम उखु बजार पु¥याउन सकिने उनले बताए ।

धेरै युवाहरु वेरोजगार भन्दै विदेश गएका छन्, भन्दै उनले ‘विदेश जाने पैसा र थोरै ऋण निकालेर यहि केहि व्यवसाय गर्न युवाहरुलाई सुझाव दिए । गर्ने इच्छा शक्ति भए स्वदेशमै गर्न सकिने उनको धारणा छ । ‘कम दुःखमा पनि वढि आम्दानी हुने भएकाले सुरु गरेको हु“ ।’ उनले भने, ‘अव यही“ खेतीलाई व्यावसायिक वनाउछु ।’ बजारमा उखुको मुल्ल्य २६ रुपयाँ केजीमा विक्रि वितरण भई रहेको छ । उनको उखु खेती अवकोलन गर्न जिल्लाका विभिन्न ठाउँ वाट आउने गरेका छन् । तर उखुमा केहि रोग देखिएकाले उनी चिन्तित छन् । बोट सेतो हुँदै गएको, पातमा प्वाल परेको जस्तो देखिएको छ । जिल्ला कृर्षि विकास कार्यालयवाट प्राविधिक टोली गए पनि रोगको पहिचान नभएको उनले बताए । यसका लागि केन्द्र तथा क्षेत्रवाट प्राविधिक टोली ल्याउने कृर्षिले आश्वासन दिएको वोहराले बताए ।

 

प्रकाशित: २० मंसिर २०७३ १३:४५ सोमबार

रूकुममा उखु खेती