अर्थ

वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

प्रोग्रेसिभ फाइनान्सको शाखा कार्यालय पोखराको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेष्ट कलेज पोखरा महानगरपालिका ८ सुन्दरमार्गमा कक्षा ११ र १२ को विद्यार्थीहरूलाई लक्षित गरी फाइनान्सले उक्त कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा कलेजमा अध्ययनरत ५५ जनाभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। बैंकिङ एवं वित्तीय क्षेत्रका विभिन्न सेवा सुविधाहरू बारे सूचना प्राप्त गर्न पाएको हुँदा कार्यक्रम उपलब्धिमूलक रहेको जानकारी सहभागीहरूले दिएका थिए।

प्रकाशित: ८ चैत्र २०७९ ०३:३५ बुधबार

वित्तीय साक्षरता कार्यक्रम प्रोग्रेसिभ फाइनान्स