अर्थ

निसान गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने

निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ।

बैंक र पायोनियरबीच भएको सम्झौता अनुसार निसानका गाडीमा खरिद गर्ने ग्राहकले नबिल बैंकबाट सहजै कर्जा लिन सक्ने भएका हुन्।

बैकको तर्फबाट कर्पोरेट प्रमुख चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्पको तर्फबाट सह-महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन्। सम्झौतापछि नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकलाई गाडीको लागि शुलभ ऋण सुविधाहरू सजिलोसँग उपलब्ध हुने भएको छ।

प्रकाशित: ८ चैत्र २०७९ ०३:२८ बुधबार

निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प