अर्थ

सामसुङ ग्यालेक्सी एम ०४ को डेलिभरी सुरु

दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम ०४ को डेलिभरी सुरु गरेको छ। कम्पनीले दराजबाट यही मार्च १३ देखि १७ सम्मको प्रि–अर्डर बुकिङ गरेको थियो।  

सामसुङ ग्यालेक्सी एम ०४ सामसुङको पछिल्लो स्मार्टफोन भएको र यसमा १ टिबीसम्मको एक्सपाण्डेबल स्टोरेज रहेको कम्पनीले जनाएको छ। यसैगरी फोन स्मार्टफोन मिडिया टेक हिलियो पि ३५ प्रोसेसरद्वारा परिचालित तथा ५ हजार एमएएच ब्याट्री र १६.५५ सेमी एचडी प्लसको डिस्प्ले, ¥याम विस्तार गर्न सकिने लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ।

बजारमा यस स्मार्टफोनका ४-६४ र ४-१२८ जिबीको दुई भेरियन्टमा पाइने भएको छ भने यसको मूल्य क्रमशः १५ हजार ४ सय ९९ र १७ हजार ४ सय ९९ रूपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। साथै ग्राहकले यो फोनको खरिदमा ५ सय रूपैयाँको भौचर पनि प्राप्त गर्ने कम्पनीले बताएको छ।

प्रकाशित: ७ चैत्र २०७९ ०३:२२ मंगलबार