अर्थ

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई काठमाडौं भित्रका मेट्रो मार्टका स्टोरहरूबाट स्मार्ट क्युआर मार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ। यस्तै एक पटकको खरिदको सयसम्म र योजना अवधिभर ३ सयसम्म डिस्काउन्ट पाइने भएको छ।

यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यका भित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरूमा लागू हुने बैंकले जनाएको छ । बैंकले ग्राहकको सुविधालाई मध्यनजर गरी समय-समयमा यस्ता योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको बताएको छ।  

प्रकाशित: ५ चैत्र २०७९ ०३:३२ आइतबार

ग्लोबल आइएमई बैंक ग्राहकलाई छुट