अर्थ

मुक्तिनाथ विशिष्ट सहजकर्जा योजना सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहजकर्जा’ योजना सञ्चालनमा ल्याएको छ। केही समयदेखि बजारमा देखिएको तरलता संकटसँगै ग्राहकले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गरेको हो।

बैंकले कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले बैंकको शाखा कार्यालयहरूमा सम्पर्क राख्न आह्वान समेत गरेको छ। यस योजनाअन्तर्गत २ करोड रूपैयाँसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायर पर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्नेछ।

यस योजना अन्तर्गत कर्जा लिन इच्छुक ग्राहकलाई आवश्यक सम्पूर्ण कागजातहरू पूरा गरेको ३ दिन भित्रै सर्वसुलभ व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ। साथै योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा मोबाईल नम्बर ९८०१११००२३ मा मिस्ड कल गरी वा बैंकको वेवसाइटमा गई अनलाइन मार्फत कर्जा आवेदन दिन सक्ने जनाएको छ।

प्रकाशित: २ चैत्र २०७९ ०१:३१ बिहीबार

मुक्तिनाथ विकास बैंक ‘मुक्तिनाथ विशिष्ट सहजकर्जा’ योजना