अर्थ

जेसिट्स स्कुटर सार्वजनिक

इन्डोनेसियन विद्युतीय टु ह्विलर्स ब्राण्ड जेसिट्स स्कुटर नेपालमा पहिलो पटक सार्वजनिक भएको छ। एमभी दुगड़ ग्रुपअन्तर्गतको विवेक अटोमोवाइल्सले ३ वटा रङमा उक्त स्कुटर सार्वजनिक गरेको हो। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले एक कार्यक्रमका बीच सो विद्युतीय स्कुटर जेसिट्स सार्वजनिक गरेका छन्।

ग्राहकको माग, चाहना र आवश्यकतालाई मध्यनजर गरी कम्पनीले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै यस ब्राण्डका स्कुटर नेपालमा पहिलोपटक सार्वजनिक गरेको जनाएको छ। कम्पनीका अनुसार नयाँ विद्युतीय स्कुटरमा अहिलेसम्मको सबैभन्दा ठूलो टायर, मोनो सक, दुईवटा डिस्क ब्रेक, ड्राइभ बेल्ट लगायतका विशेषता भएको बताएको छ।

प्रकाशित: १ चैत्र २०७९ ०३:०६ बुधबार

इन्डोनेसियन विद्युतीय टु ह्विलर्स ब्राण्ड जेसिट्स स्कुटर ग्राहकको माग चाहना र आवश्यकता