अर्थ

लक्ष्मी कमर्सियल भेहिकल्सको निःशुल्क सर्भिस क्याम्प

लक्ष्मी कमर्सियल भेहिकल्सले आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्य राखेर एसएमएल इसुजुका गाडीहरूको लागि हप्ता दिने निःशुल्क सर्भिस क्याम्प गर्ने भएको छ। कम्पनीले यही चैत्र ४ देखि १० गतेसम्म उक्त निःशुल्क सर्भिस क्याम्प गर्ने भएको हो।

कम्पनीका अनुसार ग्राहकले गाडीका पार्टपुर्जा तथा सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा सतप्रतिशत फ्रि चेकजाँच र छुट, विशिष्टीकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशत छुट, लुब्रिकेन्टहरूमा १५ प्रतिशत र स्पेयर पार्टसहरूमा ५० प्रतिशत छुट लगायतका अन्य सुविधाहरू रहेका छन्। साथै सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरूका लागि विशेष किसिमको तालिमको पनि व्यवस्था गरेको जनाएको छ।

कम्पनीले आफ्ना ग्राहकलाई यस सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरू लिई आएर विभिन्न छुट तथा तालिम प्राप्त इन्जिनियरहरूबाट चेकजाँच गराइ सुविधा लिन अनुरोध गरेको छ।

प्रकाशित: १ चैत्र २०७९ ०२:५५ बुधबार

लक्ष्मी कमर्सियल भेहिकल्स एसएमएल इसुजुका गाडीहरू