जाजरकोट– झाप्रा २ सल्लीभीरका सन्तोष विक भारतवाट धेरै पैसा कमाएर घर फर्कदा निकै खुसी थिए । गोजीभरि भारु ६१ ह्जार वोकेका सन्तोषको भुइमा खुटटा थिएनन् ।
घरमा पुगेर श्रीमति वावा आमा र छोराछोरीलाइ ६ महिनाको कमाइ देखाउने ठुलो धोको थियो उनको । सन्तोष मात्र होइन उनी संगै भारतमा कमाइ गर्न गएका झाप्रा ८ नल्फुका नवीन विकपनि घर फर्कदा निकै खुसी थिए । गोजी भरि २ लाख ५० हजार भारु वोकेका नवीनको घर पुगेर साहुको क्रृण तिर्ने र गाउँमा नयाँ घर वनाउने थियो नवीन र सन्तोषको ।उनीहरुको त्यो सवै रहर अधुरै रहयो जव उनीहरुले भारत सरकारले भारु ५ सय र एकहजारको नोटमा प्रतिवन्ध लगायो ।
भारु नोटमाथिको प्रतिवन्धको खवर सुनेका नवीन र सन्तोष मात्र होइन उनीहरुसंगैका ३५जना युवाहरु विचल्लीमा परेका छन्। गाउँमै भारु सटाउने भनी घर फर्केका उनीहरु २५ सय भारु ५ सयमा साट्न खोज्दा पनि नसाटिएको वताउछन् । अव के गरौं वर्ष भरिको कमाइ खेर जाने भयो सल्लीभीरका सन्तोषले नागरिसंग भने । निकै विपन्न परिवारका सन्तोषले भारतवाट कमाइ गरि ल्याएको भारु नसाटिदा निकै आपतमा परेको वताए ।
कमाइ गोजी भरीको भए पनि काम केहि लागेन के गर्नु हजुर? उनले भने । कमाइ गर्न जाँदा सापटी लिएको क्रृण समेत तिर्न पाइएन नल्फुका नवीनले भने । आफुहरुसंगै रहेका अन्य ३५ जना युवाहरुले १५ लाख वढी भारु कमाएर ल्याएको तर नसाटिएपछि सवै समस्यामा परेको नवीनले वताए ।
त्यस्तै नायकवाडा ८ घर्तीगाँउका वीरेन्द्रवहादुर महताराले पनि आफनो गाँउमा भर्खरै भारतवाट मज्दुरी गरेर फर्किएका धेरै मज्दुरहरु भारु नसाटिदा समस्यामा परेको वताए । भारु नसाटिएर हैरान भएकाहरु सरकारले केहि व्यवस्था नगरे आफुहरुको वर्ष भरिको कमाइ खेर जाने वताउछन् । अहिले जिल्लामा भित्रिने अधिकांश भारु नोटहरु भारतमा कमाइ गर्न गएका मज्दुरहरु मार्फत भित्रिएको सरोकारवालाहरु वताउछन् । जिल्लाका व्यापारी र अन्य व्यक्तिहरुसंग भएका भारु नोट साट्न पनि निकै समस्या भएपछि उनीहरु सस्तोमा साटनकै लागि नेपालगन्जका साहुजीहरुसंग जानेगरेका छन् ।
आफुहरुसंग जम्मा भएका भारु नोट नसाटिएर घाटामा परेको खलंगाको पुराना साझाका व्यापारी नन्दलाल ज्योतिले वताए । उनले गाँउवाट सामान लिनेहरु सवै भारु लिएर आउछन् तर यता साटिने सम्भाना नहुदा सामानै नपाएर जाने गरेको वताए । अहिले जिल्लामा ५० लाख वढी भारु नोट रहेको वताइएको छ । जिल्लामा रहेको भारु नोटको परिमाणका वारेमा विभिन्न श्रोतवाट तथ्यांक संकलनको काम भइरहेको प्रमुख प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले वताए। जिल्लामा भएको भारुको नोटको परिमाण र जनताले पाएको दुःखका वारेमा माथिल्लो निकायमा जानकारी गराउने काम भइरहेको उनले वताए ।
प्रकाशित: ६ मंसिर २०७३ १२:१२ सोमबार