अर्थ

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा अन्तरक्रिया सम्पन्न

नेपाल मर्चेन्ट बैंकर्स संघले ग्राहकलाई डिपी तथा सेयर रजिष्ट्रार सेवा प्रदान गर्दा आइपर्ने प्राविधिक तथा व्यावहारिक समस्या र तिनको समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल मर्चेन्ट बैंकर्स संघले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको समन्वयमा उक्त अन्तरक्रिया सम्पन्न गरेको हो।

सबै मर्चेन्ट बैंकिङ संस्थाहरूले प्रदान गर्ने सेवाहरू एकै किसिमका हुने भएकाले त्यसक्रममा देखिने प्राविधिक तथा व्यवहारिक समस्या केकसरी समाधान गर्न सकिन्छ र ग्राहकलाई छिटो–छरितो र गुणस्तरीय सेवा कसरी दिन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा २५ डिपी तथा सेयर रजिष्ट्रार सेवा प्रदायक संस्थाबाट ४६ जनाको सहभागिता रहेको थियो। 

प्रकाशित: २९ फाल्गुन २०७९ ०२:३६ सोमबार

नेपाल मर्चेन्ट बैंकर्स संघ प्राविधिक तथा व्यावहारिक समस्या