अर्थ

सीडीएमए स्काई फोन सेवा अवरुद्ध

खोटाङ– खोटाङमा नेपाल टेलिकमको सीडीएमए स्काई फोन अवरुद्ध भएको छ।

स्काई फोन नचल्दा लाखौं सेवाग्राही मारमा परेका छन्। तीन दिनयता आंशिक सञ्चालन हुँदैआएको स्काई फोन बिहिबार दिउँसोदेखि पूर्णरुपमा ठप्प भएको छ। पटक–पटक टावर जाने र कुनैबेला टावर हुँदा पनि फोन नलाग्ने समस्या देखिएको केही दिनपछि स्काई फोन पूर्णरुपमा ठप्प भएको हो। स्काई टेलीफोन सेवा अवरुद्ध हुँदा उपभोक्ता सञ्चार सम्पर्कबाट बिच्छेद बनेका छन् ।

नेपाल टेलीकमले भने जीएसएम पोस्टपेड मोबाईल सेवालाई ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’मा लैजाने काम भइरहेकाले मोबाइल सेवा अवरुद्ध भएको जनाएको छ।

शुक्रबारदेखि शनिबारसम्म टेलीकमका वायरलेस सेवाअन्तर्गतका जिएसएम तथा सीडीएमए सेवाका भ्वाईस, डाटा, एसएमएस, वाइम्याक्स सेवा तथा रिचार्ज सेवा अवरुद्ध हुने टेलीकमको सूचनामा उल्लेख छ।

प्रकाशित: २ मंसिर २०७३ १३:३३ बिहीबार

सीडीएमए स्काई फोन सेवा अवरुद्ध