अर्थ

एनआईसी एसिया बैंकद्वारा १० लाख रुयैयाँ हस्तान्तरण

एनआईसी एसिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बिमा बापत १० लाख रूपैयाँ उपलब्ध गराएको छ।

बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रूपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बिमा बापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रूपैयाँको चेक हस्तान्तरण गरेको हो। बैंकले हालसम्म २०७९ जना ग्राहकलाई बिमा दाबी गरे बापतको ७ करोड ८८ लाख रूपैयाँ भन्दा बढी रकम प्रदान गरिसकेको बताएको छ।

प्रकाशित: २४ फाल्गुन २०७९ ०३:४४ बुधबार

एनआईसी एसिया बैंक दुर्घटना बिमा बापत १० लाख रूपैयाँ उपलब्ध