अर्थ

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजद्वारा नयाँ स्काई भोड्का सार्वजनिक

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ। सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का, गुणस्तर र स्वादको लागि एक नयाँ स्टाण्डर्ड सेट गर्न र विशेष एवं फरक स्वाद पस्किन बजारमा ल्याइएको प्रिमियम भोड्काको ब्रान्ड हो।

५ पटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मुथ रिफ्रेसिङ टेस्ट भएको कम्पनीको दाबी छ। यसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्टस्वाद आउने कम्पनीले जनाएको छ।

उत्कृष्ट तथा रिफ्रेसिङ टेस्टेको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि जारमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७९ ०२:२५ सोमबार

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज नयाँ स्काई भोड्का सार्वजनिक