अर्थ

निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न आग्रह

सह शीर्ष

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।

नवलपुरको गैंडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भन्ने गरे पनि व्यवहारमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेको महसुस गर्न नसकेको बताए।

उनले मुलुकका औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र एजेण्डा हो भन्ने गरेको गुनासो व्यक्त गरेका छन्। उनले हरेक नयाँ नीति तथा नियमहरू बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरूसँग व्यापक छलफल गर्न सरकार तथा नियामक निकायलाई सुझाव दिएका छन्।

साथै उनले बैंकबाट लिएको कर्जाको व्याज तथा कर्जा तिर्नु पर्दैन भनेर केही व्यक्तिले बोल्ने गरेको बारेमा आफ्नो ध्यान आकृष्ट भएको बताए। उनले यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्नेतर्फ पनि संकेत गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०७९ ०२:१४ सोमबार

नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा