अर्थ

आइएमईबाट रकम पठाउने ४ जनालाई स्कुटी उपहार

काठमाडौं– रेमिटेन्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनी एक्स्प्रेस(आइएमई)को ‘आइएमई हात खाली’ हुँदैन योजनाको बिजेता घोषणा गरिएको छ। विदेशबाट आईएमई मार्फत नेपालमा रकम पठाउने चार जनाले एक—एक थान युएम पावर म्याक्स स्कुटी प्राप्त गरेका हुन्।

सोमबार एक कार्यक्रमबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्ड एम्बास्डर दीपकराज गिरीले विजेतालाई उपहार प्रदान गरे । मलेसियाबाट रकम पठाउने तिलकबहादुर श्रेष्ठ, कतारबाट पठाउने सुरेन्द्रप्रसाद थारु, मलेसियाबाट आङनर्बु सेर्पा र डेनमार्कबाट पठाउने सरोज श्रेष्ठलाई स्कुटी प्रदान गरिएको हो ।  

कार्यक्रममा आइएमई समुहका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समयमा रेमिटेन्स घटेकोले मुलुकको अर्थतन्त्रमा असर पुगेको बताए । सरकारले घोषणा गरेको फ्रि भिसा फ्रि टिकट लोकप्रिय कार्यक्रम भए पनि तयारी नपुगेकोले समस्या सृजना भएको बताए ।

चाडबाडको अवसरमा आइएमईबाट रकम पठाउने करिब ३ सय जना लाभान्वित भएको आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोख्रेलले जानकारी दिए । मलेसिया र अस्ट्रेलियाबाट पनि वैधानिक बाटोबाट रेमिटेन्स भित्राउनको लागि पहल भैरहेको उनले बताए ।  कम्पनीले मुलुकभर ५ हजार २ सय एजेन्टमार्फत सेवा दिईरहेको आइएमईका जनसम्पर्क प्रवन्धक राजु पौडेलले बताए ।
 

प्रकाशित: २२ कार्तिक २०७३ १३:४८ सोमबार

आइएमईबाट रकम पठाउने जनालाई स्कुटी उपहार