अर्थ

बुद्ध एअर गौरवान्वित

काठमाडौं– बुद्ध एयरले भारतका राष्ट्रपति प्रणव मुखर्जी तथा भ्रमण दलका सदस्यलाई आफ्नो विमानबाट सेवा प्रदान गर्दा हर्षित र गौरवान्वित भएको जनाएको छ ।

सरकारले बुद्ध एयरमार्फत शुक्रबार राष्ट्रपति मुखर्जी तथा भ्रमणदलका सदस्यलाई काठमाडौं–जनकपुर र जनकपुर–पोखरा हुँदै काठमाडौंको उडान गराएको थियो । एयरका अनुसार उडानका क्रममा गौरीशंकर, गणेश, सगरमाथा, मकालु, मनास्लु, माछापुच्छ«ेलगायतका हिमाल पनि अवलोकन गराइएको थियो ।

उक्त एयरलाइन्सका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार भ्रमण सहज र सुरक्षित बनाउन दुई जहाजलाई पूर्ण तयारी गरिएको र जनकपुर तथा पोखरामा प्राविधिक तथा व्यवस्थापकीय कर्मचारी टोली खटाइएको थियो । मुखर्जीको भ्रमणबाट नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि थप टेवा पुग्ने निर्देशक बस्नेतले बताए ।
 

प्रकाशित: २० कार्तिक २०७३ ०३:१२ शनिबार

बुद्ध एअर गौरवान्वित