अर्थ

हुण्डाईको ग्राण्ड आइटेन नियोस बजारमा

नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्यातब्याक सेग्मेन्टमा ग्राण्ड आइटेन नियोसको फेसलिफ्ट भर्सन भित्र्याएको छ।

कम्पनीको अनुसार नयाँ ग्राण्ड आइटेन नियोस अझ बढी परिस्कृत, आरामदायी र नवीन सुविधायुक्त भएर आएको छ। कम्पनीले प्रवद्र्धन गरे जस्तै ‘मोर द मेरियर’ का रूपमा रहेको छ।

पूर्व मोडलको तुलनामा ह्याचब्याकको प्रतिस्पर्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ। समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएका गाडीको प्रारम्भिक मूल्य २९.९६ लाख रूपैयाँ कायम गरिएको जनाएको छ।

प्रकाशित: १९ फाल्गुन २०७९ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App