अर्थ

केडिया फाउन्डेसनको कानून सम्मान र पुरस्कार वितरण कार्यक्रम

केडिया फाउण्डेसनले कानुन सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्य तथा कानून व्यवसायी क्लवका अध्यक्ष श्यामप्रसाद खरेलको सभापतित्वमा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको हो।

फाउन्डेसनले यस वर्ष स्व. शंकरलाल केडिया कानुन सम्मान पुरस्कारद्वारा वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनिधि न्यौपाने, स्व.शंकरलाल केडिया स्मृति युवा कानुन पुरस्कार वरिष्ठ अधिवक्ता महेशकुमार थापा र स्व. शंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार वेपत्ता पारिएका परिवार छानबिन आयोगका सचिव श्यामकुमार भट्टराईलाई प्रदान गरेको छ।  

प्रकाशित: १८ फाल्गुन २०७९ ०२:४४ बिहीबार

केडिया फाउण्डेसन कानुन सम्मान र पुरस्कार वितरण