अर्थ

अपि पावरको साधारण सभाबाट लाभांश र हकप्रद पारित

अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीको १९ औँ वार्षिक साधारण सभा बानेश्वर ब्याङ्क्वेट, थापागाँउ,काठमाडौँमा सञ्चालन गरिएको थियो।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।

यसका साथै, सभाले ७.५ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव समेत पारित गरेको छ ।  कम्पनीले हकप्रद निष्काशनका लागि नियामक निकाय बिद्युत नियमन आयागबाट पुर्वस्विकृत प्राप्त गरिसकेको छ।

त्यसैगरी, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ।  

प्रकाशित: १४ फाल्गुन २०७९ १४:४२ आइतबार