अर्थ

समृद्धि फाइनान्सद्वारा ह्वीलचियर वितरण

समृद्धि फाइनान्सले ह्वीलचियर वितरण गरेको छ। रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ती ह्वीलचियर एक कार्यक्रमबीच वितरण गरेको हो।

कार्यक्रममा फाइनान्सको तर्फबाट सञ्चालक विनोदकुमार सुवेदी र प्रमुख सञ्चालन अधिकृत चुुडामणि खनालको उपस्थिति रहेको थियो भने रोटरी क्लब अफ महाबौद्धका अध्यक्ष वत्स शाक्यको उपस्थिति रहेको थियो। संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले केही दिनपछि रक्तदान कार्यक्रम आयोजना गर्न लागेको फाइनान्सको प्रमुख सञ्चालन अधिकृत खनालले जानकारी दिएका छन्।  

प्रकाशित: १४ फाल्गुन २०७९ ०१:११ आइतबार

संस्थागत सामाजिक उत्तरदायित्व ह्वीलचियर वितरण