अर्थ

करिब ८ सय ७ घरपरिवारकाे न्यूनतम बिद्युत महसुल वडा पालिकाले तिरिदिने

वडा भित्रका सबै घरधुरीको न्यूनतम बिद्युत महसुल भुक्तानी गर्ने सम्झौतापत्रका साथ नाङखोल्याङका जनप्रतिनिधि। तस्बिरः नागरिक।

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङले वडाभरीका सबै घरधुरीको आउँदो असार मसान्त सम्मको न्यूनतम बिद्युत महसुल तिरी दिने भएको छ। २०७९ साल पुस महिना देखि २०८० साल असार मसान्त सम्मको न्यूनतम बिद्युत महसुल वडा पालिकाले तिरी दिने गरी नेपाल बिद्युत प्राधिकरणको बिद्युत वितरण केन्द्र ताप्लेजुङसँग सम्झौता भएको छ। 

वडाध्यक्ष दिलकुमार सुनुवारका वडा पालिकाले वडाभित्रका प्रत्येक घरधुरीको न्यूनतम महसुल शुल्क बापत प्रतिमहिना १ सय रुपैयाँका दरले बिद्युत वितरण केन्द्र ताप्लेजुङलाई भुक्तानी गर्ने भएको छ। प्रतिमहिना एक सय रुपैयाँ भन्दा माथि उठेको बिद्युत महसुल भने सम्बन्धित ग्राहक आफैंले तिर्नुपर्ने भएको छ। वडाध्यक्ष सुनवारका अनुसार वडाभित्रमा अहिले बिजुली उपभोग गर्ने ८ सय ७ घरपरिवार रहेका छन्।

 यसअघि आठराई त्रिवेणी गाउँपालिकाले व्यवसायिक प्रयोजनका बाहेक अन्य सर्वसाधारण पालिकाभरिका सबै घरधुरीको न्यूनतम बिद्युत महसुल पालिका आफैंले तिरिदिदैं आएको जनाएको छ। 

प्रकाशित: १० फाल्गुन २०७९ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App