अर्थ

एनआइसी लघुवित्तको अध्यक्षमा राठी

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा सन्तोषकुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन्। संस्थापक एनआइसी एसिया बैंकको सञ्चालक समितिको ५९० औँ बैठकको निर्णय अनुसार अध्यक्षमा राठी र सञ्चालकमा भारीलाई नियुक्त गरेको हो।

नवनियुक्त अध्यक्ष राठीले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन्। यस्तै सञ्चालक भारीले संस्थाका अध्यक्ष राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन्।  

अध्यक्ष राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ भने सञ्चालक भारीले कानून तथा बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको संस्थाले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७९ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App