अर्थ

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान–२०७९’ प्रदान गरेको छ।

कार्यक्रम अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एण्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई कम्पनीले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको हो। कम्पनीले २०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरेकोे छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान समेत गरेको छ।

प्रकाशित: ९ फाल्गुन २०७९ ०१:५४ मंगलबार

एनसेल