अर्थ

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ

गत साताभरिमा ११२.२२ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि निरन्तर ओरोलो लागेको छ। साताको पहिलो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। सोमबार २३.६० अंकले घटेर नेप्से परिसूचक २०४६.८१ बिन्दुमा झरेको छ। आइतबार ३२ कम्पनीको सेयर बढ्यो भने १७७ कम्पनीको सेयर घटेको छ।  

७ कम्पनीको सेयर स्थिर रह्यो। सोमबार सुरुमा सामान्य अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुने बेला भने उच्च अंकले घट्यो। ६० लाख ९१ हजार ३ सय ५३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९४ करोड ७६ लाख २३ हजार ९ सय ९३ रूपैयाँको कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेका तीनवटै सूचक सोमबार घटेर राताम्य भएका थिए। सेन्सेटिभ सूचक ४.९१ अंक, फ्लोट सूचक १.५७ अंक र सेन्सेटिभ फ्लोट सूचक १.५५ अंकले घटेका छन्। सोमबार नेप्सेका १३ उपसूचकमध्ये ११ उपसूचक घटेका छन्। दुई उपसूचक मात्रै बढे। बढ्ने उपसूचकमा टे«डिङतर्फ ९ अंक र म्युचुअल फण्डतर्फ भने ०.११ अंकले बढेको छ। सोमबार सबैभन्दा धेरै घट्ने उपसूचकमा उत्पादन तथा प्रशोधनतर्फ १६४.७२ अंक, माइक्रोफाइनान्सतर्फ १०५.०६ अंक, जीवन बिमातर्फ ८६.६६ अंक, निर्जीवनतर्फ ६३.२५ अंकले घटेको छ। सोमबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा राप्ती हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी दोर्दी खोला जलविद्युत् आयोजनाको सेयर ४.१७ प्रतिशत, एनएमबी हाइब्रिड फण्डको सेयर ३.९६ प्रतिशतले वृद्धि भएको छ। सोमबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा जीवन विकास लघुवित्त सस्था रह्यो। सो कम्पनीको सेयर ९.१५ प्रतिशतले घटेको छ। उपकार लघुवित्त कम्पनीको सेयर ७.४२ प्रतिशत, हिमालयन डिष्टिलरी कम्पनीको सेयर ५.३१ प्रतिशतले घटेको छ। विन नेपाल लघुवित्त कम्पनीको सेयर पनि ५ प्रतिशतले घटेको छ।  

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ बिन्दुमा झरेको थियो। सो दिन ४७ लाख ४७ हजार ५ सय ६७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रूपैयाँको सेयर किनबेच भएको थियो।

प्रकाशित: ९ फाल्गुन २०७९ ०१:३८ मंगलबार

नेप्से परिसूचक