अर्थ

बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

स्पेस सोलुसन्स र युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सले संयुक्त रुपमा नेपाल बल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ एण्ड इन्भेष्टमेन्ट एक्स्पो नेपाल हेवी इक्युपमेन्ट एण्ड कन्सट्रक्सन एक्स्पो आयोजना गर्ने भएको छ।  

प्रदर्शनीमा निर्माण सामग्री,मेसनरी,उपकरण आवास कम्पनी,प्रि फ्याब संरचना,युपिभीसी झाल,ढोका उत्पादन गर्ने मेसिनरी,युपिभीसी प्रोफाइल,आर्किटेक्चर हार्डवयर,बाथरुम फिटिङ्स,पाइप,टाइलर सेनेटरी वयर,पावर औजार,कंक्रिट ब्लक मेसिनरी उत्पादक,मटेरियल ह्यान्डलिङ उपकरण,एल्मुमिनियम कम्पोजिट प्यानल उत्पादन कम्पनी तथा बिक्री प्रवद्र्धकहरुको उल्लेखनीय सहभागीता रहने आयोजकले बताएको छ।  

निर्माण कम्पनी,डिलर,सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ प्रविधिको बारेमा जानकारी गराउन यस्तो प्रर्दशनी कोसेढुंगा सावित हुँदै आएको आयोजकको दाबी छ।  

प्रकाशित: ८ फाल्गुन २०७९ ०७:३८ सोमबार

बल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी