अर्थ

सिटी एक्सप्रेस र स्वाबलम्बन लघुवित्तबीच रेमिट्यान्स सम्झौता

काठमाडौं– रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि र नेपालको ‘ग’ वर्गको स्वाबलम्बन लघुवित्त बिकास बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा स्वाबलम्बन लघुवित्त बिकास बैक लिका नेपाल अधिराज्यभर रहेका  ११३ शाखाहरूबाटसमेत भुक्तानी लिन सकिने बताइएको छ।

१० वर्षदेखि विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानबाट आफ्नै कार्यालय मार्पmत् तथा अमेरिका, साउदी अरब, कतार, मलेसिया, यूएई, बेलायत, जोर्डनलगायत नेपाली कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

प्रकाशित: १८ आश्विन २०७३ ०८:२५ मंगलबार

सिटी एक्सप्रेस स्वाबलम्बन लघुवित्तबीच रेमिट्यान्स सम्झौता