अर्थ

उद्यमीहरू ब्राजिल भ्रमणमा

नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल ब्राजिल भ्रमणमा गएका छन्।

संस्थाका अध्यक्ष अखिलकुमार चापागाईंको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल १६ फेब्रुअरी देखि २४ फेब्रुअरीसम्म ब्राजिल भ्रमणमा रहने भएको हो। ब्राजिलियन राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले सम्पूर्ण टोलीलाई बिदाइ गरेका छन्।

१९ सदस्य रहने भ्रमण टोलीले नेपाल र ब्राजिलबीचको व्यापारिक सम्बन्ध थप उचाइमा पुर्‍याउन साओ पाउलो र रियो दि जेनेरियोको भ्रमणमा गर्ने भएको बताएको छ।  भ्रमण टोलीले ब्राजिलका व्यापारी प्रतिनिधि, ब्राजिलियन एसोसिएसन अफ होटेल इण्डस्ट्रिज लगायतका उद्यमीहरूसँग भेट गर्नुका साथै नेपाल र ब्राजिलबीच व्यापारका विविध अवसरहरू खोज्न कम्पनीहरूको भ्रमण गर्ने भएको छ। प्रतिनिधिमण्डल नेपालबाट ब्राजिलको तेस्रो भ्रमण हुने र यसले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ५ फाल्गुन २०७९ ०२:२१ शुक्रबार

नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज व्यापारिक सम्बन्ध थप उचाइमा